DBMS System for local government
के हो DMS ( कागजपत्र व्यबस्थापन प्रणाली )?

             DMS ( कागजपत्र व्यबस्थापन प्रणाली ) क्लक बि बिजनेस टेक्नोलोजी प्रा लि द्वारा निर्माण गरिएको वेब एप्लिकेसन हो। यसले वडा भित्रका सम्पूर्ण सेवाग्राहीको नागरिकता, जन्म दर्ता, पासपोर्ट, जग्गा धनी पुर्जा आदि सुरक्षित तरिकाले डिजिटल रुपमा भण्डारण गर्दछ। 

सेवाग्राहीको विवरण एकपटक स्क्यान गरेर DBMS प्रणालीमा भण्डारण गरेपछि जुनसुकैबेला सजिलै हेर्न, प्रिन्ट गर्न तथा कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ। सेवाग्राहीलाई छिटो, छरितो सेवा प्रवाह गर्न यो सिस्टमले सहयोग गर्दछ।

DMS व्यवस्थापन प्रणालीका
फाइदाहरु

  • वडा कार्यालय बाट प्रवाह हुने सिफारिश लगायतका सेवाहरु बिना झन्झट सेवाग्राही समक्ष पुर्याउन सकिने ।
  • सेवाग्राहीहरुको को आवश्यक कागजातहरु DMS ( कागजपत्र व्यबस्थापन प्रणाली )मै सुरक्षित हुने हुदाँ फोटोकपि गरिरहनु नपर्ने, फोटोकपी गर्दा हुने अनावश्यक खर्चको बचत हुने ।
  • कागजपत्रहरु डिजिटाइज हुने हुँदा कागजपत्रहरु भौतिक रुपमा सुरक्षित तथा सर्वरमा सहज भण्डारण हुने ।
  • अपलोड गरिएका कागजपत्रहरु आधिकारिक व्यक्तिद्वारा प्रमाणिकरण हुने हुँदा कागजपत्रको आधिकारिकता निश्चित हुने ।
  • एक पटक यस प्रणालिमा कागजपत्र अपलोड गरेपछि, सेवाग्राहीले सेवा लिने क्रममा प्रत्येक पटक भौतिक रूपमा कागजात पेस गर्नु नपर्ने
  • सहज र प्रभावकारी सेवा प्रवाहमा सहयोग ।
  • फोटोकपि कागज कम से कम प्रयोग हुँदा वातावरण संरक्षणमा टेवा
DBMS System Nepal

DMS व्यवस्थापन प्रणालीका
विशेषताहरु

  • सेवाग्राहीको नागरिकता, पासपोर्ट, जन्मदर्ता, लालपुर्जा, विवाहदर्ता आदि सम्पूर्ण विवरण डिजिटल रूपमा भन्डारण गर्न सकिने ।
  • अपलोड गरिएका कागजपत्रहरु आधिकारिक व्यक्ति (वडा अध्यक्ष / वडा सचिब) द्वारा मात्र प्रमाणिकरण गर्न सकिने
  • नयाँ प्रयोगकर्ता बनाएर टोल स्तरमा पनि कागजपत्र संकलन गर्न सकिने ।
  • मोबाईल ट्याव तथा कम्पुटर मैत्री कोड गरिएको हुँदा सबै डिभाइसहरुमा यो सिस्टम प्रयोग गर्न मिल्ने ।
  • नाम, ठेगाना, नागरिकता नं, आदिबाट सजिलै कागजपत्र खोजी गर्न सकिने ।
  • आवश्यक परेको खण्डमा कागजपत्रहरू डाउनलोड गर्न तथा प्रिन्ट गर्न मिल्ने।
  • प्रयोगकर्ताले सेवाग्राहीको कागजपत्र हटाएको / राखेको आदि सम्पूर्ण क्रियाकलापहरु रेकर्ड गरिएको हुँदा डाटा सुरक्षामा विशेष ध्यान दिइएको ।

 

वडाबासीले सिफारिस लिँदा, फोटोकपी गर्ने झन्झट बाट मुक्त गर्न तथा पेपरलेस डिजिटल वडा निर्माण गर्न !